२०८१ चैत्र ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एक वर्षमा दर्ता भए ३० विदेशी औषधी उधोग, ९२४ फार्मेसी रद्ध

नेपालमा एक वर्षमा दर्ता भए ३० विदेशी औषधी उधोग, ९२४ फार्मेसी रद्ध

औषधी व्यवस्था विभागको प्रगतिः फार्मेसी निरीक्षण १११ प्रतिशत, उधोग निरीक्षण ९५.६५ प्रतिशत


काठमाडौं—नेपालमा एक वर्षमा ३० वटा विदेशी औषधी उधोग दर्ता भएको पाइएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममाझ विभागले आफ्नो आर्थिक वर्ष २०७८/०७९ को प्रगति विवरणमा ३० वटा विदेशी औषधी उधोग दर्ता भएको उल्लेख छ ।

विभागकाअनुसार गत आर्थिक वर्षमा ३ सय ३० वटा नयाँ विदेशी औषधी दर्ता भएका छन् ३ हजार ७ सय ५७ विदेशी औषधीको नवीकरण गरिएको छ । यस्तै, २ सय २७ वटा विदेशी औषधी पुनः दर्ता भएका छन् ।

विभागले गत वर्ष फार्मेसीहरुको निरीक्षणमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । विभागको वार्षिक तथ्यांकअनुसार देशभर वार्षिक ३ हजार ३ सय फार्मेसी निरीक्षण गर्ने लक्ष्य राखिएको थियो । तर, विभागले आर्थिक वर्षभरिमा ३ हजार ६ सय ६३ औषधी पसल तथा फार्मेसीको निरीक्षण गरेको छ । विभागले यो अवधिमा २ हजार २ सय ९३ नयाँ फार्मेसी दर्ता गरेको छ भने १३ हजार ६ सय २२ फार्मेसी नवीकरण गरेको छ । ९ सय २४ फार्मेसी रद्ध भएका छन् ।

यसैगरी विभागले गत आर्थिक वर्षमा ६२ वटा औषधी उधोगको निरीक्षण गर्ने लक्ष्य लिएको थियो । तर, उसले ८८ वटा औषधी उधोगको मात्रै निरीक्षण गर्न सकेको छ । जुन ९५.६५ प्रतिशत हो ।

विभागले गत आर्थिक वर्षमा ८ सय ७४ वटा नयाँ अनुज्ञापत्र प्रदान गरेको छ भने ६ हजार ७ सय १५ अनुज्ञापत्र नवीकरण गरेको छ । यसैगरी, ६ सय ५५ बजार बिक्री वितरण प्रमाणपत्र प्रदान गरेको छ भने ४ हजार ५ सय ९३ नवीकरण गरेको छ ।

विभागले १ हजार २ लाई पैठारी सिफारिस पत्र प्रदान गरेको छ भने ५ हजार ५ सय २३ को नवीकरण गरेको छ ।

विभागले औषधी मुल्यांकन समितिको बैठक ८ पटक बसेर ९३ औषधीको विशेष सिफारिस गरेको छ ।

विभागले यो अवधिमा औषधी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा स्वास्थ्य मन्त्रालयमा बुझाएको जनाएको छ । साउथ इष्ट एसिया रेगुरेटरी नेटवर्कको नेपालका लागि कार्य समूह गठन गरेको, औषधी उत्पादन कुशल अभ्यास संहिता, २०७८ (पहिलो संशोधन) मस्यौदा तयार गरेको, औषधी मूल्य र्निाधारण कार्यविधी÷कार्यप्रक्रिया मन्त्रालय पठाइएको प्रगति विवरणमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ