मुलुककै पहिलो ठूलो कर्पोरेट अस्पताल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका परिकल्पनाकार वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. चक्रराज पाण्डे हुन् । अस्पताल सुरुवात गर्ने अग्रसरतादेखि अस्पताल निर्माण र सञ्चालनसम्म उनले अग्रणी भूमिका निभाए । सन् २०१३ देखि कर्पोरेट हेल्थ सेक्टरमा बेन्चमार्क खडा गर्ने भनेर खोलिएको ग्राण्डी अस्पतालको उनले मेडिकल विभाग गठन र सञ्चालनको नेतृत्व गरे । सन् २०२० सम्म मेडिकल निर्देशकका रुपमा उनको नेतृत्वमा ग्राण्डीले एउटा उचाइ हासिल ग¥यो ।
वि.सं. २०७७ असोजबाट उनको अस्पतालको सञ्चालक समितिसँग कुरा मिल्न छाड्यो । अस्पताललाई नै एउटा उचाइमा पु¥याएर त्यहीबाट रिटायरमेन्ट लिने डा. पाण्डेको सोच थियो । त्यही सोचका साथ उनले ग्राण्डी अस्पताल सुरु गरेका थिए । तर, ५७ वर्षको उकालो हिडिरहेका बेला डा. पाण्डेलाई सञ्चालक समितिको नेतृत्वसँग बढेको विवादले झट्का दियो । जुन कुरा उनले सोचेकै थिएनन्, त्यही कुरा हुन पुग्यो ।
त्यसले क्रमसः उनलाई अस्पतालमा काम गर्ने वातावरण असहज हुँदै गयो । त्यसपछि उनका अगाडि दुई वटा बाटो थिए । ‘एउटा अर्ली रिटायरमेन्ट लिने,’ हालैको एक साँझ डा. पाण्डेले हेल्थआवाजसँग भने, ‘अर्को आफूले जानेको विषयबाट पब्लिक सर्विसलाई अगाडि बढाउने ।’ डा. पाण्डे यो उमेरमा ठूलो लगानी गरेर ऋण पनि बोक्न चाहिरहेका थिएनन् । तर, नेपालभरका बिरामीमात्रै होइन्, विदेशी बिरामीले पनि उनको सेवा खोजिरहेका थिए ।
त्यही कारण केही गर्नुपर्ने निष्कर्षमा डा. पाण्डे पुगे । वि.सं. २०७७ असोजतिर डा. पाण्डे आफ्नै सानो क्लिनिक खोल्ने टुंगोमा पुगेका हुन् । ‘ग्राण्डी अस्पतालको वातावरण जब बिग्रदैं गयो त्यसपछि म यो निष्कर्षमा पुगेको हुँ,’ उनले भने, ‘त्यहाँ असुरक्षित फिल भएपछि सानो क्लिनिक खोल्ने योजनामा लागे ।’ ग्राण्डीको काम गर्ने वातावरण खल्बलिएका कारण उनी सानो ओपीडी क्लिनिक खोल्ने र शल्यक्रियाहरु ग्राण्डीमै गर्ने मनसायका साथ लाजिम्पाटमा क्लिनिकको सुरुवात गर्ने योजना बनाए ।
क्लिनिक खोल्ने योजना अगाडि बढेपछि उनकी जेठी छोरीतर्फका अमेरिकी ज्वाइँ माइकलले ऋगवेदको हरफ ‘स्वस्ति चास्मा अनमीवं च धेही’बाट सुन्दर नाम जुराइदिए—अनमीव । जसको अर्थ—‘यसलाई कल्याण गर र रोगमुक्त बनाऊ’ भन्ने हुन्छ । क्लिनिक सुरु भएको झण्डै एक वर्ष उनले ग्राण्डीमै शल्यक्रिया गरे, त्यहाँ नै धेरैजसो बिरामी हेरे । तर, थप तिक्तता सुरु भएपछि गत वर्षको नोभेम्बरमा उनले ग्राण्डी छोडिदिए । त्यो पनि ३० सेकेण्डको डिसिजनमा । ‘गत नोभेम्बरमा मैले ग्राण्डी छोडेको रहेछु,’ उनले सम्झिए, ‘त्यो पनि ३० सेकेण्डको डिसिजनमा ।’
यो बीचमा उनी धेरै हस्पिटलमा पनि गए । ती अस्पतालहरुमा शल्यक्रिया गर्न जाँदा आफूले चाहेको सेवा दिन सक्ने देखेनन् । ‘मैले चाहेको सर्विस दिनका लागि त मैले चाहेको विचार एक्ससाइज गर्नुपर्ने ठाउँ बनाउनुप¥यो,’ उनले भने, ‘मैले चाहेको स्ट्यान्डर्ड अफ केयर त्यहाँबाट दिन सकेको भए यो हस्पिटलका रुपमा जन्मिने थिएन् ।’ त्यही कारण उनी अनमीवलाई १५ शैय्याको अस्पताल बनाउने योजनामा लागे । ग्राण्डीमा एउटा लेभलको मेडिकल अभ्यास गरिसकेका उनले त्यो स्तरको वा त्यो भन्दा राम्रो मेडिकल अभ्यास गर्ने उद्देश्यका साथ अनमीव क्लिनिकलाई हस्पिटलका रुपमा विकास गर्न लागेका हुन् । उनलाई लागेको छ—अनमीव ‘नेसेसिटी अफ इन्भेन्सन’ हो ।
‘यसमा मेरो प्यासन पनि मिक्स भयो, मेरो मेहनत पनि मिक्स भयो । मैले बिरामीलाई माया गर्न र फोकस गर्न पाए,’ उनले थपे, ‘अन्य नेगेटिभ कुराहरुसँग मैले जुध्नु परेन । मैले पढेर, गरेर रातदिन खट्न पाए ।’ यो बीचमा शल्यक्रिया गर्नका लागि उनी विभिन्न अस्पताल पनि घुमे तर आफूले चाहेको ‘स्ट्यान्डर्ड अफ द सर्जिकल केयर’ दिन सकेनन् । त्यसपछि यो ‘अनमीव हस्पिटल’को कन्सेप्ट आएको हो ।’ उनले स्ट्यान्डर्ड केयर दिने हिसाबले अनमीव हस्पिटल जन्मिएको खुलाए । सपना र विचार नै ठूलो राख्ने डा. पाण्डे आफ्नो विचारबाट डिरेल हुन नसक्ने बताउँछन् ।
यहीबीचमा उनलाई फ्रन्टलाइन हस्पिटलको प्रस्ताव आयो । ‘अनमीव हस्पिटल योजनाभन्दा पहिले फ्रन्टलाइनको प्रस्ताव आएको भए, यो हस्पिटल बन्दैन थियो,’ उनले भने, ‘तर, हस्पिटल बनाउने दिशा अगाडि बढिसकेपछि प्रस्ताव आएकाले यसलाई पनि अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भयो ।’ विहान ८ बजेदेखि १ बजेसम्म फ्रन्टलाइन हस्पिटलमा काम गर्ने र त्यसपछिको समय अनमीवमा दिने गरी फ्रन्टलाइन अस्पताल व्यवस्थापनसँग उनको सहमति जुट्यो । त्यही सहमतिअनुसार डा. पाण्डेले गत फागुनबाट फ्रन्टलाइन अस्पताल ज्वाइन गरे— चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेजका रुपमा । ‘इमर्जेन्सी परेको बेला यहाँबाट पनि दौडेर त्यहाँ जान्छु । रातिको समयमा पनि इमर्जेन्सी परेमा मैले कभर गर्छु,’ उनले थपे । डा. पाण्डेले फ्रन्टलाइनको समग्र चिकित्सा विभागको नेतृत्व गरिरहेका छन् ।
उनले फ्रन्टलाइनमा मेडिकल फिलोसपी पनि दिन सुरु गरेको जानकारी दिए । ‘मेडिकल फिलोसपीमा भनेको बिरामीको कल्याण हुनुप¥यो,’ उनले प्रष्ट्याए, ‘हाम्रो कमिटमेन्ट, डिटरमिनेसन, डेडिकेसन र धर्म हुनुप¥यो । धर्मको बाटोमा हामीले मेडिकल प्रयाक्टिस गरेनौं भने त्यो धर्मबिनाको प्रायक्टिसले हामीलाई खाल्डोमा पार्छ ।’ उनका अनुसार आफू रोलमोडल बनेर काम गर्दा मानिसको विश्वास पनि जित्न सकिन्छ ।
अनमीव हस्पिटलमा शल्यक्रियाबिनाका विधीबाट बिरामीलाई निको पार्ने पहिलो प्राथमिकता हुनेछ । प्रिभेन्स, स्वास्थ्यलाई कसरी बलियो बनाउनेजस्ता कुराहरुमा विशेष ख्याल गरिनेछ । बिरामी जाँच्ने, फिजियो थेरापी कन्सेप्ट, कसरी जीवनशैली परिवर्तन गर्ने, कसरी अनुशासित बनेर निरोगी हुने, जोर्नीको पेनहरु कसरी हुन नदिने, जोर्नी खिइनबाट कसरी जोगाउनेलगायतका विषयमा बढी केन्द्रीत हुने उनले बताए । ‘जुत्ता होला, प्रिजरभेटी मेडिकल टेक्नोलोजी होला अथवा फिजियो थेरापी मोडल होला,’ उनले भने, ‘वेट म्यानेजमेन्ट कसरी गर्ने, विचारको म्यानेजमेन्ट कसरी गर्ने फोकस टाइपको हेल्थकेयरमा म जान्छु ।’ तर, शल्यक्रिया नै गर्नुपर्ने बिरामीहरुलाई त्यो सुविधा पनि दिने योजना उनको छ । क्युरेटिभ ट्रिटमेन्टमा पनि सेफ्टीलाई विशेष ख्याल गरिने उनले सुनाए ।
त्यसबाहेक ‘अनमीव हस्पिटल’मा बिरामी, सर्जन र कर्मचारी नथाक्ने वातावरण निर्माण गर्ने डा. पाण्डेको योजना छ । ‘बिरामी हस्पिटलमा सुतेर आरामसँग काम गर्ने वातावरण क्रियट गर्नुप¥यो,’ उनले थपे, ‘जरुरी इन्भेष्टीगेसन गर्ने, आवश्यक नपर्ने इन्भेष्टिगेसन इन्डष्ट्रीजस्तो गरी नगर्ने । पहिले प्रिभेन्टीभमा जान्छु भएन भनेमात्रै क्युरेटिभमा जान्छु ।’ डा. पाण्डे ८०/९० प्रतिशत प्रिभेन्टीभमा गर्न सकेमा कष्ट पनि कम हुने बताउँछन् ।
डा. पाण्डेकाअनुसार अहिले अनमीव हस्पिटलको कन्सेप्ट शिशुका रुपमा छ । अहिले उनलाई तनाव पनि कम छ । बिरामीको सुरक्षालाई ध्यान दिदैं डेक्सा टेक्नोलोजी क्लिनिकमा राखिएको छ । ‘डिजिटल टेक्नोलोजी राखेका छौं, जुन ठूलो—ठूलो अस्पतालमा छैन,’ उनले भने, ‘डिजिटल टेक्नोलोजी, डेक्सा टेक्नोलोजी, मस्कुलरकेलेटल हाइ एण्डको अल्ट्रासाउण्ड टेक्नोलोजी, हाइ एण्डको फिजियो थेरापी कन्सेप्ट (बिरामीलाई हेपा फिल्टर गरेको एयर भएको वातावरणमा एक्ससाइज) क्लिनिकमा छ ।’ बिरामीको खुुसी, आफ्नो खुसी र धर्मको कन्सेप्टबाट क्लिनिकको सञ्चालन हुने उनले बताए ।
त्यसबाहेक हरेक दुई हप्तामा एकपल्ट एकेडेमिक र अनुसन्धानमूलक कक्षाहरु पनि हस्पिटलमा सञ्चालन हुनेछन् । ‘रातिको एक घण्टा क्लास हुन्छ,’ उनले सुनाए, ‘अरु बेलामा बेड साइड टिचिङ हुन्छ । रातिको एक घण्टा फिजियो थेरापी, नर्सिङ, अर्थोपेडिक्स सर्जनहरु राखेर क्लास हुन्छ । सबैले प्रिजेन्ट गर्छन्, त्यहाँ छलफल गर्छौ ।’ पढाइ बिना अगाडि बढ्न नसकिने भएकाले यसलाई पनि सँगै लैजाने सोच उनको छ । विश्वको विकसित हेल्थकेयरलाई नियालेका डा. पाण्डेलाई त्यतिकै बसिरहन मन छैन् । पुरानो अस्पताल छोडेर आउँदा उनीसँगै केही बिरामी रुदै क्लिनिकसम्मै आएका छन् । ‘त्यो माया मैले पाएको छु,’ उनले भने ।
३८ आना क्षेत्रफलमा बन्ने ‘अनमीव हस्पिटल’ डा. पाण्डेको एकल लगानीमा हुनेछ । ‘लोन हुन्छ, तर म पार्टनर राख्दिन्,’ उनले भने, ‘म ठूलो हस्पिटलभन्दा पनि जेनेरेशनले सम्झिने प्रकारका काम गर्छु ।’ सुरुमा १५ शैय्याको अस्पताल बनेपछि आवश्यकताअनुसार विकास गर्न सकिने मार्ग भने उनले खुल्ला नै राखिने बताए । ‘अहिले १५ बेडको हो, भोलि परिस्थितीअनुसार ५०, १०० बेडको हुन सक्छ त्यो थाहा छैन,’ उनले भने । महंगो जमिन र ठाउँ भएकाले लोनको भार भएपनि देशका लागि केही गर्नुपर्ने सोचका कारण उर्जा मिलिरहेको डा. पाण्डे बताउँछन् । लाजिम्पाटको नेपाली चुल्हो अगाडिको भवनमा अहिले हस्पिटल कन्स्ट्रक्सनका क्रममा छ । थप जग्गा आवश्यक परेमा २ रोपनीमा रहेको बुटिक होटललाई पनि हस्पिटलमा रुपमा प्रयोग गरिनेछ ।
अनमीवमा अहिले ५ जना सर्जन, ७ जना फिजियो थेरापीपिष्ट र अन्य ७ जना स्टाफ गरी १९ जना कार्यरत छन् । डा. पाण्डेकी धर्मपत्नी सपना पाण्डेले अहिले अनमीव हेल्थ र हस्पिटलको प्रमुख कार्यकारी निर्देशक (सिईओ)का रुपमा सम्पूर्ण व्यवस्थापन हेरिरहेकी छन् । ‘उनको अतुलनीय योगदान छ । उनले आफू सम्पूर्ण समय आर्किटेक्ट, बगैचा डिजाइन, आर्थिक व्यवस्थान र कर्मचारी व्यवस्थापनमा बिताएकी छन्,’ डा. पाण्डेले भने, ‘उनको नेतृत्व बिना क्लिनिक सञ्चालन सम्भव थिएन ।’ डा. पाण्डेकी छोरी सुजिता क्यानडामा पीएचडी गर्दैछन् भने उनका छोरा चिरन बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा अंग्रेजी साहित्य र क्रिटिकल राइटिङमा माष्टर्स गरिरहेका छन् । उनकी अर्की छोरी चाँदनीले क्लिनिकको वेव डिजाइन, क्लिनिकको रणनीनि निर्माणको काम गरिरहेकी छन् । साथै, क्लिनिकमा डा. पाण्डेसहित डा. राजीव बराल, डा. सुनित दाहाल, डा. राम थापा, डा. निरव श्रेष्ठसहितको टिम छ ।
तर, ६ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अनमीव हस्पिटल सञ्चालनमा आउँदा ५० जनाभन्दा बढी कर्मचारी हुनेछन् । त्यसबाहेक विशेषज्ञ चिकित्सकहरुको फुल टाइम र पार्टटाइम छुट्टै टिम हुने डा. पाण्डेले बताए । चिया खाने र गफ गर्ने वातावरण नभएर वर्किङ कल्चर निर्माण गर्ने सोच उनको छ । ‘कर्मचारी खुसी राख्ने नयाँ मोडल मैले सोचिरहेको छु,’ उनले भने, ‘रेभ्नयुको न्यायोचित वितरण, हेल्थकेयर इन्स्युरेन्स, सोसल सेक्युरिटीजस्ता कुरामा हामी ध्यान दिन्छौं ।’ कर्मचारीहरुको अनुहारमा कसरी उज्यालो ल्याउने भन्नेमा विशेष ध्यान दिने उनी बताउँछन् ।
झण्डै २७ वर्षदेखि सर्जनका रुपमा क्रियाशील रहेका डा. पाण्डेको काम गर्ने हुटहुटी उस्तै छ । उनको दैनिक एभरेज वर्किङ आवर नै १५—१६ घण्टा छ । उनलाई आफ्नो प्रायक्टिसमा ९९ प्रतिशत सफलता हासिल गरेको अनुभूति हुन्छ । तर, उनको डिक्सनरीमा अझै थकाइ भन्ने शब्दावली छैन । ‘आफ्नो सीपलाई अहिले तुरुन्तै ताल्चा लगाउने कुरा आएन,’ उनले भने, ‘तर, मेरो लागि काम नै रिल्याक्स भयो । मलाई काम गर्ने बानी छ । काम नै मेरो लाइफस्टाइल हो ।’