२०८१ चैत्र ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय चिकित्सक संघको अध्यक्षमा प्रा. डा. जागेश्वर गौतम

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा प्रा. डा. जागेश्वर गौतम


काठमाडौं-नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रा.डा. जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न दोस्रो अधिवेसनले डा. गौतमको नेतृत्वमा ५१ सदस्य केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

सम्मेलनले डा. नवीन पोखरेल, डा. रक्षा श्रेष्ठ र डा. रञ्जीत झालाई उपाध्यक्षमा चयन गरेको छ भने महासचिवमा डा. पुष्पमणी खराललाई चयन भएका छन । त्यसैगरी, सचिवहरुमा डा. छवि पन्थी, डा. मिलन गैरे र डा. कृष्टिना श्रेष्ठ र कोषाध्यक्षमा डा सुनिल गजुरेल निर्वाचित भएका छन् ।

प्रदेश इन्चार्जहरुमा १ नम्बर प्रदेशबाट डा. प्रमोद बराल, मधेश प्रदेशमा डा. महेश महासेठ, बागमती प्रदेशमा डा. जगदिस थापा, उपत्यकामा डा. कालुसिंह खत्री, गण्डकीमा डा. डेविड श्रेष्ठ, लुम्बिनीमा डा सागर न्यौपाने, कर्णालीमा डा. कविराज पौडेल र सुदूरपश्चिममा डा. निरज अर्याल निर्वाचित भएका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यहरुमा डा. दिपेन्द्र पाण्डे, डा. मदन न्यौपाने, डा. गोविन्द भण्डारी, डा. उदयनारायण सिंह, डा. प्रकाश ज्ञावली, डा. विनोद खानाल, डा अमन न्याैपाने, डा. डेविड श्रेष्ठलगायत रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ