२०८१ माघ २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. केसीसँग वार्ता गर्न चार सदस्सीय समिति गठन, अनशन तोडेर वार्तामा आउन आग्रह

डा. केसीसँग वार्ता गर्न चार सदस्सीय समिति गठन, अनशन तोडेर वार्तामा आउन आग्रह


काठमाडौं-चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्सीय समिति गठन गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यलयका सचिवको संयोजकत्वमा चार सदस्सीय वार्ता टोली गठन गरेको हो ।

टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र नेपाल मेडिकल एशोसिएसनका प्रतिनिधी सदस्य रहनेछ ।

डा. केसीको स्वास्थ्य सेवा र शिक्षा सुधारका मागका सम्बन्धमा सरकारले सकारात्मक रहेको बताएको छ । साथै, सरकारले अनशन तोडेर वार्तामा आउन डा.केसीलाई आग्रह समेत गरेको छ ।

पाँच दिनदेखि धनगढीमा अनशनरत केसीको स्वास्थ्य अवस्था बिग्रदैं गएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि बिहीबारबाट सेती अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । तर, डा. केसीको अवस्था अझ बिग्रदैं गएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ