२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएण्डसीले ‘बीएण्डसी जीवन बचाउ अभियान’ सुरु गर्ने, सरकारले नाम बेचेर बिमा गराएको आरोप

बीएण्डसीले ‘बीएण्डसी जीवन बचाउ अभियान’ सुरु गर्ने, सरकारले नाम बेचेर बिमा गराएको आरोप


काठमाडौं—झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले ‘बीएण्डसी जीवन बचाउ अभियान’ सुरु गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै बीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दशैं तिहारपछि अस्पतालले ‘बीएण्डसी जीवन बचाउ अभियान’ सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

यो योजनाअनुसार बीएण्डसीले छुट्टै उपचार प्याकेज तयार गर्नेछ । सो प्याकेजमा सोवाग्राहीले निश्चित रकम तिरेपछि ५० हजार रुपैयाँसम्मको उपचार एक वर्षसम्म गर्न पाउनेछन् । ‘यो प्याकेजमा हामी प्रति परिवारलाई ५ देखि १० हजार रुपैयाँसम्ममा उपलब्ध गराउने तयारीमा छौं,’ उनले भने, ‘यस विषयमा अन्तिम टुंगो लाग्न बाँकी छ ।’

बीएण्डसीले स्वास्थ्य बिमाअन्तर्गतको कार्यक्रम १ साउनबाट स्थगित गरेको थियो । स्थगित गर्नुअघि सरकारलाई बजेट वक्तव्यमा आएको सरकारी तथा सामुदायिक अस्पतालमा मात्र बिमा चलाउने भन्ने विषयमा बिमा बोर्डसँग जवाफ मागेको थियो ।

तर, स्वास्थ्य बिमा बोर्डले त्यसको जवाफ नदिएपछि बीएण्डसीलगायत अन्य मेडिकल कलेजहरुले १ साउनदेखि बिमा कार्यक्रम स्थगित गरेका छन् । बीएण्डसीले पुरानो बक्यौता रकम फस्र्योट गरी पुनः स्वास्थ्य बिमा संचालन गर्नका लागि स्वास्थ्य बिमा बोर्डमा निवेदन हालेको छ ।

तर, सो निवेदन हालेको झण्डै एक महिना हुँदा पनि बिमा बोर्डबाट त्यसको जवाफ नआएपछि यो कार्यक्रम सुरु गर्ने लागिएको प्रसाईले बताए । ‘झापा, इलामलगायत मेची अञ्चलमा अझै पनि बीएण्डसीमा बिमा हुन्छ भनेर नवीकरण गर्ने र नयाँलाई बिमित गर्ने क्रम जारी छ,’ उनले भने, ‘अब हामी सरकारको स्वास्थ्य बिमा चलाउँदैंनौं । आफ्नै छुट्टै कार्यक्रम चलाउँछौं । अब हाम्रो नाम बेचेर सरकारले बिमा नगरोस् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ