२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार११० जना कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु

११० जना कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप १ सय १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय २६ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८५ हजार १ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड—१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको छ ।

नेपालमा शुक्रबारसम्म २ हजार ६२ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ