गृहपृष्ठ ∕ समाचार ∕ लमजुङमा १०७ जनाको निःशुल्क शल्यक्रियामार्फत आँखा उपचार लमजुङमा १०७ जनाको निःशुल्क शल्यक्रियामार्फत आँखा उपचार हेल्थ आवाज शुक्रबार, २०७९ भदौ २४ गते, १०:१२ मा प्रकाशित पोखरा–जिल्ला अस्पताल लमजुङको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरमा जम्मा ७ सय २५ जनाको आँखा जाँच गरिएको थियो । शिविरबाट शल्यक्रियामार्फत आँखाको उपचार गर्नुपर्ने मोतीबिन्दु भएका १ सय १५ जना बिरामी पहिचान भएको लमजुङ जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । भदौ १६ देखि २१ सम्म सञ्चालित शिविरबाट ४३ वर्षदेखि ९९ वर्षसम्मका व्यक्तिमा मोतीबिन्दु भएको पाइएको अस्पतालका नेत्र सहायक दीप गुरुङले जानकारी दिए । उनका अनुसार ५ जनाको दुवै आँखामा मोतीबिन्दु भएको थियो, जसमध्ये ३ जनाको दुवै आँखाको शल्यक्रिया गरिएको छ । २ जनाको भने एकएक आँखाको मात्रै शल्यक्रिया गरिएको छ । अस्पतालका अनुसार बिहीबारसम्ममा पहिचान भएका १ सय १५ मध्ये १ सय ७ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । बाँकी बिरामी अस्पतालको सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । शिविर सुरु हुनुभन्दा २ हप्ताअघि सूचना जारी गर्दै अस्पतालले आँखा शिविर हुने जानकारी लमजुङवासीलाई गराएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा… वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई ६ कसरी गर्ने छालाको हेरचाह ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा