२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिटिइभिटीअन्तर्गत ४० कलेजलाई १८०० सिट, ३४ कलेजले मापदण्ड पूरा गर्न सकेनन्

सिटिइभिटीअन्तर्गत ४० कलेजलाई १८०० सिट, ३४ कलेजले मापदण्ड पूरा गर्न सकेनन्


काठमाडौं—चिकित्सा शिक्षा आयोगले स्तरोन्नती भएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी)अन्तर्गतका ४० कलेजलाई चिकित्सा शिक्षातर्फका १८०० सिट बाँडफाँड गरेको छ । आयोगले १० भदौंमा कार्यक्रमगत सिट निर्धारण गरेको हो ।

ती ४० शैक्षिक संस्थाले चिकित्सा शिक्षाअन्तर्गतका डिप्लोमा तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि अध्यापन गराउन पाउनेछन् । आयोगले मापदण्ड पूरा गरेका ती शैक्षिक संस्थामा पढाउने पाउने सिट संख्या पनि निर्धारण गरिदिएको छ ।

ल्याब, रेडियोग्राफी, सामान्य चिकित्सा, सामान्य चिकित्सा—आयुर्वेद, डिप्लोमा इन फिजियो थेरापी विषय अध्यापन गराउनेछन् ।

५ फागुन २०७८ को निर्णयअनुसार आयोगबाट भएको अनुगमनमा मापदण्ड पूरा गरेका कलेजले यसै शैक्षिक सत्रबाट अध्ययन गराउने सिट संख्यासहित अनुमति पाएका छन् । मापदण्ड नपुगेका ३४ कलेजले भने यो शैक्षिक सत्रमा अध्यापन गराउन पाउने छैनन् ।

मापदण्ड नपुगेका कलेजहरुले अपुग देखिएको विवरणहरु सिटीईभिटीबाट अनुगमन गराएर अर्को शैक्षिक सत्रका लागि परिषद्बाट नै सिफारिस गरी आयोगमा निवेदन गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ