राष्ट्रिय स्वास्थ्यकर्मी महासंघद्वारा समानुपातिकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं-नेपाल एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले समानुपातिक तर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
बुधबार बसेको महासंघको सचिवालय बैठकले समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको महासंघका उपमहासचिव हिमालय तिवारीले जानकारी दिए ।
उनकाअनुसार महासंघका अध्यक्ष डा. झलक शर्मा गौतम (पर्वत), प्रा. तारा पोखरेल (काठमाडौं) र प्रा.डा. गणेश गुरुङ (ओखलढुंगा)लाई समानुपातिकका लागि सिफारिस गरेको हो ।
एमालेले आफ्ना भातृ संगठनहरुलाई समानुपातिका लागि तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ३ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ
- ४ कसरी गर्ने छालाको हेरचाह ?
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?
- ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
तपाईको प्रतिक्रिया दिनुहोस