२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१४२ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २३० जना संक्रमणमुक्त

१४२ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २३० जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १ सय ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाृ २४ घण्टामा १ सय ४२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ३० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८३ हजार ३ सय ३३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मृत्यु संख्या शून्य रहेको छ । हालसम्म कोभिड-१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार ७ छ ।

आइतबारसम्म नेपालमा २ हजार ५ सय २८ सक्रिय केस रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ