२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडिएम/एमसीचए/एनबीएसएस-एसएसको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग

डिएम/एमसीचए/एनबीएसएस-एसएसको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग


काठमाडौं—चिकित्सा शिक्षा आयोगले डिएम/एमसीएच/एनबीएमएस-एसएसको एकीकृत प्रवेश परीक्षाका लागि १७ भदौंबाट आवेदन खुला गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै आयोगले डिएम/एमसीएच/एनबीएमएस-एसएसका ११५ सिटका लागि आवेदन खुला गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले शुक्रबार विहान १० बजेदेखि ३१ भदौ अपरान्ह ५ बजेसम्म आयोगको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

आयोगले डिएम कार्डियोलोजीमा १६ सिट, डिएम क्रिटिकल मेडिसिनमा ८ सिट, डिएम इमर्जेन्सी मेडिसिनमा २ सिट, डिएम इन्डोक्राइनोलोजीमा २ सिट, डिएम हेपाटोलोजीमा २ सिट, डिएम मेडिकल ग्यास्ट्रो इन्टेरोलोजीमा ७ सिट, डिएम मेडिकल हेमाटोलोजीमा २ सिटका लागि आवेदन माग गरेको छ ।

यसैगरी, डिएम मेडिकल अंकोलोजीमा २ सिट, डिएम नियोनेटालोजीमा ४ सिट, डिएम नेफ्रोलोजीमा ८ सिट, डिएम न्युरोलोजीमा ४ सिट, डिएम प्लमोनोजीमा ७ सिट, एमसीटीभीएसमा ७ सिट, एमसीएच जिआई सर्जरीमा ११ सिट, एमसीएच न्युरो सर्जरीमा १० सिट, एमसीएच पेडियाट्रिक सर्जरीमा १ सिट, एमसीएच प्लाष्ट्रिक सर्जरीमा ५ सिट, एमसीएच युरोलोजीमा ११ सिटमा आवेदन माग गरिएको छ ।

आयोगले एनबीएमएस-एसएसमा ८ सिटका लागि आवेदन माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ