काठमाडौं—डेङ्गुको संक्रमण पछिल्लो समय भयावह बन्दैं गएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार बुधबारसम्म मुलुकभर डेङगुबाट संक्रमितको संख्या ३ हजार २ सय २७ पुगेको छ ।
डेङगुबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित बनेको छ । बागमती प्रदेशमा पछिल्ला ८ महिनामा २ हजार १ सय ८ जनामा डेङगु पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा ६ सय ७२, प्रदेश नं. १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४ जनमा डेङगु संक्रमण देखिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा ७७, मधेश प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेङगु संक्रमण भएको छ ।
डेङगुबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाको ललितपुर प्रभावित भएको छ । ललितपुर जिल्लामा सन् २०२२ मा ११८० जनामा डेङगु पुष्टि भइसकेको छ । ललितपुरपछि काठमाडौं, रुपन्देही, भक्तपुर, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची जिल्ला डेङ्गुबाट सबैभन्दा प्रभावित भएका १० जिल्ला हुन् ।
डेङ्गुबाट सबैभन्दा बढी प्रभावित १० जिल्ला
![](https://www.healthaawaj.com/wp-content/uploads/2022/09/dengue-10-district.png)