२०८१ माघ २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगा आँखा प्रतिष्ठानले ‘आइओएल लेन्स’ हेटौडाबाट उत्पादन गर्ने तयारी

तिलगंगा आँखा प्रतिष्ठानले ‘आइओएल लेन्स’ हेटौडाबाट उत्पादन गर्ने तयारी


काठमाडौं—आँखा रोगको उपचारका लागि स्वदेशमा मात्रै होइन् विदेशमा समेत ख्याति कमाएको तिलगंगा आँखा प्रतिष्ठानले लेन्स उत्पादन हेटौडाबाट गर्ने तयारी अगाडि बढाएको छ । अहिले प्रतिष्ठान हाताभित्रैको प्लान्टबाट हुँदै आएको आँखाको ‘आइओएल लेन्स’ उत्पादन क्षमता विस्तार गर्नका लागि हेटौडा सार्ने तयारी गरिएको हो ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतकाअनुसार हेटौडाको बसामणिमा रहेको प्रतिष्ठानको जग्गामा प्लान्ट निर्माण गर्ने योजना छ । ‘तिलगंगामा ठाउँ सानो भयो । उत्पादन क्षमता वृद्धि गर्दै गुणस्तरीय र भेरिराइटीका लेन्सहरु उत्पादन गर्नका लागि हामीले प्लान्ट हेटौडा सार्ने तयारी गरेका छौं,’ उनले भने ।

प्रतिष्ठानले त्यसका लागि सरकारसँग पनि सहयोग मागेको छ । आइतबार डा. रुइतले अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेर सरकारकातर्फबाट १० करोड सहयोग माग गरेका थिए । अर्थमन्त्री शर्माले भने प्रतिष्ठानलाई प्लान्ट निर्माणका लागि तत्काल २ करोड उपलब्ध गराउन बचन दिएका छन् ।

‘१० करोड रुपैयाँ सहयोग भयो भने हामीलाई प्लान्ट विस्तार गर्न एकदमै ठूलो टेवा पुग्छ भनेर भनेर अर्थमन्त्रीलाई प्रस्ताव राख्यौं,’ डा. रुइतले हेल्थआवाजसँग भने, ‘उहाँले तत्काल २ करोड उपलब्ध गराउने बचन दिनुभएको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ