काठमाडौं–स्वास्थ्य क्षेत्रको क्रियाशील स्वास्थ्य टे«ड युनियन राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लीलाराम थापा चयन भएका छन् । अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनबीच भएको राष्ट्रिय एकता सम्मेलनले अध्यक्ष थापाको नेतृत्वमा १५१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सम्मेलनबाट सह–अध्यक्षमा टेकराज डिसी, वरिष्ठ उपाध्यक्षमा ओमकुमारी कँडेल , उपाध्यक्षहरुमा एपोलोकुमार भगत, छटु चौधरी, कर्मा लामा, रुद्र शर्मा, करि सिंह भुल, कामदेव आचार्य, अशोक भुजेल, ताराप्रसाद रिजाल, ज्ञानप्रसाद पौडेल, नवीना कँडेल, डिल्लीराम श्रेष्ठ, अशोक भुजेल चयन भएका छन् । महासचिवमा कृष्णकुमार खत्री चयन भएको छ ।
यस्तै, सचिवमा मेनुका दाहाल, शत्रुधन साह, जानुका मोक्तान, कृष्ण भट्ट, हिरण्यराज शर्मा, लीलाकान्त झा, केशर थापा, खेमराज सापकोटा, रामबहादुर थापा, अनिता पाण्डे, मेनका सन्ज्याल, तेजबहादुर घर्ति, ईश्वर रावल र कोषाध्यक्षमा शेष सापकोटा लगायतका १५१ सदस्यीय नयाँ कार्यसमिति चयन छन् ।
काठमाडौंको कीर्तिपुरमा सम्पन्न सम्मेलनको प्रमुख अतिथी माननीय उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले उद्घाटन गरेकी थिइन् ।
स्वास्थ्य क्षेत्र विशिष्टिकृत, संवेदनशील र अत्यावश्यकीय सेवा भएको हुँदा यो छुट्टै ऐनद्वारा सञ्चालन हुनुपर्ने, स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा, वृत्ति विकास, नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहजता र सरल पहुँच गराउनका लागि भूमिका खेल्नेलगायतका विषयमा निरन्तर लागिरहने प्रतिबद्धता नयाँ कार्यसमितिको बसेको बैठकले गरेको छ