काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना तयार गरेको छ । मन्त्रालयले तयार पारेको उक्त संरचनामाथि राय सुझाव माग गर्दै प्रस्तावित आधारभूत स्वास्थ्य केन्द्रको संगठन संरचनासहित सूचना जारी गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको आधारभूत स्वास्थ्य केन्द्रको संगठन संरचनाको मस्यौदामा क देखि ग वर्गको आधारमा जनशक्ति रहने प्रस्ताव गरिएको छ ।
क वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट/सिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक ३ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक ३ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ । क वर्गको आधारभूत स्वास्थ्य केन्द्र ५ हजार बढी जनसंख्या रहेको क्षेत्रमा हुने व्यवस्था छ ।
यसैगरी, २ देखि ५ हजार भित्र जनसंख्या भएको क्षेत्रमा रहेको ख वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट/सिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक २ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक २ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ । क वर्गको आधारभूत स्वास्थ्य केन्द्र ५ हजार बढी जनसंख्या रहेको क्षेत्रमा हुने व्यवस्था छ ।
२ हजारभन्दा कम जनसंख्या भएको क्षेत्रमा रहेको ग वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट÷सिअहेब १, पाँचौ, छैटौं र सातौं तह स्टाफ नर्स वा अनमी १ जना, चौथो, पाँचौ, छैटौ तहको ल्याब असिस्टेन्ट १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय स्वास्थ्य सहायक १ जना, चौथो, पाँचौ छैटौ तहको समुदाय नर्स सहायक १ जना र कार्यलय सहायक १ जना रहने व्यवस्था छ ।