२०८१ चैत्र २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगार दिने सम्बन्धी सम्झौता

बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगार दिने सम्बन्धी सम्झौता


काठमाडौँ -नेपाल र बेलायत सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगार प्रदान गर्ने सम्बन्धी श्रम सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । सोमबार उक्त सम्झौता-पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतको राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका हुन् ।

बेलायतको स्वास्थ्य सेवामा काम गर्ने नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको उक्त समझदारी पत्रमा उल्लेख गरिएको छ।

पत्रअनुसार नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने सहमति भएको छ।

त्यस्तै, रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुनपर्ने र उनीहरुले पाँच वर्षसम्म बेलायतमा काम गर्न पाउनेछन्।

सो समझदारीपत्रले नेपाली स्वास्थ्यकर्मीको विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण हुने र नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा पनि मद्दत पुग्ने विश्वास लिइएको मन्त्रालयले जनाएको छ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ