२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन

चिकित्सकमाथि कुटपिट गर्ने प्रतिष्ठानका कर्मचारी धनबहादुर शाही निलम्बित


काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठान अस्पतालका चिकित्सकमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट र हातपात गरेको घटनामाथि छानविन गर्न समिति गठन गरेको छ । प्रतिष्ठानको कार्यकारी परिषद्ले घटनाबारेमा छानविन गर्न ३ सदस्सीय अनुसन्धान तथा जाँचबुझ समिति गठन गरेको हो ।

प्रतिष्ठानले डा. पुजन रोकायाको संयोकत्वमा गठन गरेको समितिमा प्रतिष्ठान कार्यकारी परिषद्का सदस्य तथा इमर्जेन्सी प्रमुख डा. अनुप समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार अधिवक्ता मीनबहादुर महत सदस्य रहेका छन् ।

उक्त समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिष्ठानले समितिको प्रतिवेदन नआएर अर्को निर्णय नभएसम्मका लागि चिकित्सकमाथि हातपान गरेका प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीलाई ४५ दिनका लागि निलम्बन गरिएको छ।

गत बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानका कर्मचारी शाहीले चिकित्सक डा. करण साहमाथि कुटपिट गरेका थिए । सामान्य घाउको टाका काट्न गएका अस्पतालका इमर्जेन्सीमा पुगेका उनले डा.साहमाथि हातपात तथा कुटपिट गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ