२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ६२३ जनामा कोभिड पुष्टि, ६ संक्रमित भेन्टिलेटरमा

नेपालमा थप ६२३ जनामा कोभिड पुष्टि, ६ संक्रमित भेन्टिलेटरमा


काठमाडौँ – नेपालमा थप ६ सय २३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ८७ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ८ सय ४५  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ ।

यस्तै, हाल भेन्टिलेटरमा ६ जना र आइसियूमा ४९ जना बिरामी उपचाररत छन् । नेपालमा शुक्रबार ५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ