२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै

वात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै


काठमाडौँ – वात्सल्य नेचुरल आईभिएफले देशका प्रमुख ३ शहरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शुक्रबार आईभिएफले प्रेस विज्ञप्ति जारी गर्दै पोखरा, विर्तामोड र नेपालगंजमा एकदिने स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो।

वात्सल्यले प्रजनन् उपचारमा काठमाडौँ बाहिरका दम्पतीको पनि पहुँच बढाउन् देशका तीन प्रमुख शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो।

उक्त शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने बताइएको छ। सेवाग्राहीहरुको  प्रजनन् अवस्था सम्बन्धी छलफल, नि:सन्तान हुनुको कारण पहिचान र सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गराउने शिविरको उद्देश्य  रहेको छ। परीक्षणपछि आइभीएफ नै गर्नुपरेको खण्डमा विशेष छुटको पनि वात्सल्यको योजना छ ।

त्यस्तै, शुक्रबार वात्सल्यले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा क्लिनिकले २५ सय भन्दा बढीलाई सन्तान प्राप्तिको खुसी दिएको जनाएको छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ