२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक

नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक


काठमाडौं—कम्युनिटी मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरुको संस्था नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम)को अध्यक्षमा डा. प्रनीलमान सिंह निर्वाचित भएका छन् । २८ देखि ३० साउनसम्म चलेको नेस्कमको सम्मेलनले डा.सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

डा. सिंह त्रिभुवन विश्वविद्यालय त्रिवि चिकित्साशासत्र अध्ययन संस्थानका एशोसिएट प्रोफेसर हुन् । यसअघि नेस्कमको अध्यक्ष प्रा.डा. लोचना श्रेष्ठ रहेकी थिइन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एडिसनल प्रोफेसर डा. दिपक यादव चयन भएका छन् ।

उपाध्यक्षमा विराट मेडिकल कलेजका डा. सुर्य पराजुुली, सचिवमा डा. प्रज्जवल प्याकुरेल, सहसचिवमा डा. निश्चल ढकाल र कोषाध्यक्षमा डा. रजनी शाक्य चयन भउका छन् ।

यस्तै, नेस्कमका कार्यसमिति सदस्यहरुमा डा. दिपेश ताम्राकार, डा. समता नेपाल, डा. मेरिना श्रेष्ठ, डा. समिता अधिकारी, डा. जीवन थापा, डा. लिलाबहादुर बस्नेत चयन भएका छन् ।

तीन दिनसम्म चलेको उक्त सम्मेलनमा देशभरका मेडिकल कलेजमा कार्यरत चिकित्सक, फ्याकल्टी, विद्यार्थी, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधीहरु, अनुसन्धानकर्ता, विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु सहभागी रहेका थिए ।

सम्मेलन नसर्ने रोगको बढ्दो प्रकोपलाई ध्यानमा राखेर समुदायदेखि नीति निर्माणसम्म कसरी पुग्न सकिन्छ भन्ने केन्द्रीत रहेको थियो ।सम्मेलनमा नसर्ने र मानसिक रोगको बारेमा प्रस्तुतिका साथै विभिन्न विज्ञहरुद्वारा नसर्ने रोग र मानसिक स्वास्थ्यको वैज्ञानिक छलफल पनि गरिएको थियो। सो कार्यक्रमलाई नेपाल मेडिकल काउन्सिलले सिपिडी प्रदान गरेको छ ।

सम्मेलनमा ४०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ