२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालका एक जना चिकित्सकमाथि प्रतिष्ठानकै बिरामी कर्मचारीले कुटपिट र हातपात गरेका छन् । बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारीसमेत रहेका बिरामी धनबहादुर शाहीले चिकित्सक डा. करण साहमाथि कुटपिट गरेका हुन् ।

‘उहाँको सातदिन अघि घाउ भएपछि टाँका लगाइएको थियो,’ अस्पतालले स्रोतले भन्यो, ‘इमर्जेन्सीमा आउनुभएछ । डा. करणले टाका काटन ओपीडीमा जानुस् भन्दा आवेगमा आएर उहाँमाथि कुटपिट र हातपात गर्नुभयो ।’

प्रतिष्ठान अस्पताल स्रोतकाअनुसार शाहीले चिकित्सकले ओपीडीमा जानुहोस् भनेको भन्दैं पहिले हातले कुटपिट गरेका थिए । डा. करण भुँइमा पछारिएपछि उनीमाथि लातीले समेत हिर्काएका थिए ।

एनएमए जुम्ला शाखाका उपाध्यक्ष कमलसिंह थानीले ड्युटीमै रहेका बेला चिकित्सकमाथि कुटपिट भएको पुष्टि गरे । ‘आज ड्युटीमै रहेका बेला चिकित्सक साथीमाथि कुटपिट भएको छ,’ उनले भने, ‘थप विवरण उहाँसँगै लिनुहोला ।’ यस विषयमा कुटपिटमा परेका चिकित्सक डा. करणलाई सम्पर्क गर्दा उनको फोन रिसिभ भएन् ।

घटनापछि शाहीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । नाम उल्लेख गर्न नचाहने अस्पतालका एक चिकित्सकका चिकित्सकहरुकाअनुसार प्रशासनले उजुरी लिन भनेको मानेको छैन । अहिले पीडित चिकित्सकको उजुरी लिन नमानेपछि अस्पतालका थप चिकित्सकहरु पनि प्रशासन जाने तयारी गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ