२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा

नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा


काठमाडौँ – नेपालमा थप ५ सय ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ सय ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय २१ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ३ सय ५८  पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको छैन  । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ ।

यस्तै, हाल भेन्टिलेटरमा ७ जना र आइसियूमा ५७ जना बिरामी उपचाररत छन् । नेपालमा आइतबारसम्म ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ