२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअबको ५ वर्षपछि ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले पढाउन नपाउने

अबको ५ वर्षपछि ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले पढाउन नपाउने


काठमाडौँ – अबकाे ५ वर्ष पछि चिकित्सकहरुले ७० वर्ष कटेपछि अध्ययन/अध्यापनमा समेल हुन नपाउने भएका छन् । चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धि मापदण्ड २०७९’ मा उक्त प्रावधान राखिएको छ ।

नयाँ मापदण्डको १४ नम्बर बुँदामा शिक्षक (फ्याकल्टी) को उमेर सम्बन्धी व्यवस्थामा अन्यत्र जेसुकै लेखिएको भएतापनि यो मापदण्ड लागू भएको पाँच वर्षपछि चिकित्सा शिक्षा क्षेत्रमा कार्ययरत सबै बिधाका शिक्षकको (शिक्षक/फ्याकल्टी) ) को उमेर ७० बर्ष भन्दा बढी नहुने उल्लेख छ।

यसअघि भने शिक्षकको उमेर हद डेण्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकिएकाे छ । अब याे विषय आयाेगकाे क्षेत्राधिकार भएकाे हुँदा नेपाल मेडिकल काउन्सिलले त्यसैलाई आधार मान्ने काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ