२०८२ वैशाख ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड ऋणमा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड ऋणमा


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ । मंगलबार विपी प्रतिष्ठानका रजिष्ट्रार सुर्य संग्रौलाले जारी गरेको प्रतिष्ठानको श्वेतपत्रमा १ अर्ब ४१ करोड ऋण रहेको उल्लेख छ ।

कोभिड—१९ सुरु भएपछि प्रतिष्ठान ऋणमा गएको हो । प्रतिष्ठान कोभिड—१९ महामारी सुरु हुनुअघि आर्थिक वर्ष २०७५/०७६ मा ५८ करोड ६६ लाख रुपैयाँ फाइदामा रहेको थियो ।

कोभिड—१९ महामारी सुरु भएपछि प्रतिष्ठान पछिल्ला तीन वर्ष क्रमसः १९ करोड ४३ लाख, ९१ करोड ४३ लाख र ४१ करोड ऋणमा गएको छ ।

कोभिडअघि आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक र नेपाल सरकारबाट पाएको अनुदानका आधारमा २ अर्ब ८० करोड ८६ लाख आम्दानी भएको देखिन्छ । त्यसपछि आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब १९ करोड ८५ लाख, आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ९१ करोड ६ लाखमा आम्दानी झरेको छ ।

यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ७१ करोड ४४ लाख प्रतिष्ठानको आम्दानी भएतापनि सञ्चालन खर्च ३ अर्ब १२ करोड ४४ लाख पुगेको श्वेत पत्रमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ