२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन २ जनाको मिर्गौला प्रत्यारोपण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन २ जनाको मिर्गौला प्रत्यारोपण


काठमाडौं—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकैदिन २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । शनिबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

कास्की जिल्ला रुपाकोट गाउँपालिकाका ५३ वर्षीया पूरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पसरुषको प्रत्यारोपण गरिएको हो । उनीहरु दुवैलाई उनीहरुका पत्नीले मिर्गौला दिएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरेका छन् । यसअघि प्रतिष्ठानमा गते पहिलो पटक ९ असारमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्मनिर्भर बनाउनको लागि नेफ्रोलोजिष्ट, सर्जन, एनेस्थेसियोलोजिष्ट, कोर्डिनेटर र ओटी तथा आईसीयु नर्सहरुलाई तालिम दिइरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ