२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा थप ४५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि, २ जनाको मृत्यु


काठमाडौं-नेपालमा थप ४ सय ५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय २ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७५ हजार ६ सय ९ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा आइतबारसम्म ५ हजार ४ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ