काठमाडौं-एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को अध्यक्षमा डा. पदम खड्का विजयी भएका छन् । शनिबार सम्पन्न अफिनको २२ औं साधारणसभाबाट डा. खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
डा. खड्काले कुमार थापालाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । ९३ भोट खसेकामा डा. खड्काले ७२ र थापाले २१ भोट ल्याएका थिए ।
यस्तै, साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद रिजाल चयन भएका छन् ।
यसैगरी, प्रदेश उपाध्यक्षहरुमा क्रमसः बागमतीबाट श्यामकृष्ण जोशी, कर्णालीबाट भीमबहादुर गुरुङ, सुदूरपश्चिमबाट गजेन्द्रवीर चन्द, लुम्बिनीबाट चन्द्रबहादुर महतो, गण्डकीबाट हरिबहादुर खड्का चयन भएका छन् ।
महासचिवमा हेमराज दाहाल निर्वाचित भएका छन् भने सचिवमा पंकज खतिवडा चयन भए । यस्तै, कोषाध्यक्षमा स्वरुपा श्रेष्ठ चयन भइन् ।
सदस्यहरूमा सिद्धार्थनगर सिटी अस्पतालका अर्जुन पौडेल, कैलाली अस्पतालका जनकराज जोशी, ब्लुक्रस अस्पतालकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा. रामानन्दनप्रसाद चौधरी, ग्रिनसिटी अस्पताकी रेनुका गुरुङ, तुलसी बाल अस्पतालका डा. किशोर खत्री, माया मेट्रो अस्पतालका धिरेन्द्र साउँद, पर्वत कुस्मा अस्पतालका सुशील पौडेल निर्वाचित भएका छन्।