काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्रीको नेतृत्वमा कार्यदल गठन गरेको छ । बिहीबार स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका हुन् ।
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा ५ सदस्सीय स्वास्थ्य बिमा समस्या समाधान कार्यदलमा गठन गरिएको हो । उक्त कार्यदलमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, बिमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको सामाजिक सुरक्षा हेर्ने सहसचिव सदस्य रहेका छन् भने सदस्यसचिवमा प्रमुख औषधी व्यवस्थापक नारायण ढकाल रहेका छन् ।
कार्यदललाई नेपालको स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौतीको अध्ययन विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बिमा कार्यक्रमका विधमान समस्या समाधान गर्नेका लागि प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।
कार्यदलले तीन हप्ताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।