२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

स्वास्थ्यका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

समन्वयमा डा. ठाकुर, ढकाल प्रदेश १ स्वास्थ्य निर्देशनालयमा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गदै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

लामो समयदेखि रिक्त रहेको मन्त्रालयको महत्वपूर्ण समन्वय महाशाखामा डा. सन्जयकुमार ठाकुरलाई ल्याइएको छ । उनी यसअघि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक थिए ।

उनको ठाउँमा फाजिलमा रहेकी रिता जोशीलाई ल्याइएको छ ।

त्यसैगरी, हेटौडामा रहेको राष्ट्रिय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको निर्देशकमा डा. विश्वबन्धु बंगालेलाई लगिएको छ । केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालय तानिएको छ ।

मन्त्रालयमा फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश नं. १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा काजमा खटाइएको छ । मन्त्रीका निजी सचिव भक्त खड्काकाअनुसार जिम्मेवारी हेरफेरको निर्णय हिजो (मंगलबार)कै भएतापनि पत्र भने बुधबार मात्रै दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ