गृहपृष्ठ ∕ समाचार ∕ दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने दुबईबाट उद्धार गरेर ल्याइएकी जानकीको थप उपचार पनि प्रसाईंले आफै गर्ने हेल्थ आवाज मंगलबार, २०७९ साउन २४ गते, १७:१९ मा प्रकाशित काठमाडौं–वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर बसको ठक्करबाट घाइते भएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरी नेपाल ल्याएकी जानकी मगरको थप उपचार पनि प्रसाईले आफ्नै अस्पताल बीएण्सीमा गरिदिने भएका छन् । मंगलबार प्रसाईंको सहयोगमा उनलाई नेपाल ल्याइएको छ । नेपाल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा जानकीले दुर्घटनापछि आफू विदेशमा बेवारिसे भएको र खर्चका अभावको कारण थप उपचार गर्न नपाएको समेत बताइन् । नेपाली दूतावासमा पटक—पटक आग्रह गरेतापनि नेपाल आउन नसेकेको गुनासो उनको थियो । स्कुल बसको ठक्करबाट घाइते भएकी थापाको दुबईको एनएमसी रोयल अस्पतालमा उपचार भएको थियो । दुर्घटनाका कारण ७ ठाउँका हड्डी भाँच्चिएका कारण उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा छ । दुर्घटनामा परेपछि आफूले नेपाल गएर परिवारसँग भेट्न पाउने कल्पना पनि नगरेको उनले बताइन् । उनले आफूलाई नेपाल ल्याइदिएकोमा प्रसाईंलाई धन्यवाद दिइन् । ‘मलाई नेपाल आउन पाउँछु भन्ने आशा नै मरिसकेको थियो,’ उनले भनिन्, ‘उहाँ (दुर्गा प्रसाईं)ले सहयोग गरेर ल्याइदिनुभयो । मेरो सरकार, अभिभावक सबै उहाँ नै हो ।’ प्रसाईंले आफूले मानवताका नाताले विदेशमा मृत्यु भएकाको शव र बिरामीको उद्धार गरेको बताए । ‘म दुबई गएपछि साथीहरुले त्यहाँ गएर मृत्यु भएर पैसाको अभावमा शव ल्याउन नपाएको र घाइतेहरु अलपत्र परेको सुनाउनुभयो,’ उनले भने, ‘मेरो मानवीयताले त्यो टुलुटुलु हेर्न सकेन र सहयोग गरे ।’ उनले उद्धार गरी ल्याएकी जानकी मगरको थप उपचार बीएण्डसी अस्पतालमा निःशुल्क गरिने पनि जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस्