ब्राजिलका एक बडीबिल्डर तथा टिकटक स्टार भनेर चिनिने भाल्दिर सेगाटोको ५५ औं जन्मदिनमा निधन भएको छ । बडीबिल्डर भाल्दिर सेगाटोले डाक्टरहरूको चेतावनीको बाबजुद ‘हल्क’ जस्तो मांसपेशी बनाउन वर्षौंदेखि घातक सिन्थोल सुईको प्रयोग गर्दै आएका थिए।
सोही कारण ज्यान गएको चिकित्सकहरुको दावी छ ।
उनको मांसपेसी तेल, अल्कोहल र दुखाइ निवारक औषधीको खतरनाक मिश्रणले भरिएको थियो। घातक सिन्थोल लगाइरहँदा स्ट्रोक, धमनीमा अवरोध र संक्रमणको जोखिम हुन सक्ने भन्दै बारम्बार डाक्टरहरुले दिएको चेतावनीहरूलाई उनले बेवास्ता गरेका थिए ।
अचानक उनलाई श्वास फेर्न गाह्रो भएको बताएपछि मंगलबार सेगाटोलाई उनका छिमेकीले अस्पताल लगिएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सेगाटोका छिमेकीहरूले स्थानीय मिडियालाई बडीबिल्डर आफ्ना लाखौं प्रशंसकहरूको बाबजुद केही साथीहरूसँग एकान्तको रूपमा बस्दै आएका थिए। ब्राजिलको ग्लोबो न्यूजका अनुसार, उनको हृदयघातका कारण मृत्यु भएको हो ।
सेगाटोलाई श्वास फेर्न समस्या भएर अस्पतालमा भर्ना गरिएको यो पहिलोपटक भने होइन। यसअघि पनि स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई चिकित्सकले बचाउन सफल भएका थिए । तर, यसपटक भने उनको मृत्यु भएको छ ।
साओ पाउलोका, भल्दिर पछिल्लो समय सामाजिक संजालमा आफ्नो विशाल शरीरको भिडियो साझा गरेर चर्चामा चुलिएका थिए ।अनलाइन स्टारले आफ्नो बलियो मांसपेशीले संसारभरका फ्यानहरूको ध्यान खिचेका थिए । उनका फलोर्स मात्र १६ लाख बढी छन्।
–एजेन्सी