२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुले गरे पदबहाली

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुले गरे पदबहाली


धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका नवनियुक्त पदाधिकारीले सपथ तथा पदबहाली गरेका छन् । मंगलबार रजिष्ट्रार प्रा.डा.सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशकमा डा.जगतनारायण प्रसाद सपथ तथा पदभार ग्रहण गरेका हुन् ।

त्यसैगरी प्रतिष्ठानको कार्यकारिणी सदस्यमा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी विभागका विभागीय प्रमुख प्रा.डा.ज्ञानेन्द्रबहादुर मल्ल तथा प्याथोलोजी विभागकी विभागीय प्रमुख प्रा.डा. स्मृति कार्की मनोनित भएका थिए ।

उनीहरु सबैलाई प्रतिष्ठानको अडिटोरियम हलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानका उपकूलपति डा.ज्ञानेन्द्र गिरीले सपथ गराएका थिए । सपथपछि रजिष्ट्रार र अस्पताल निर्देशक पदभार सम्हालेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ