२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप दुईजना कोभिड संक्रमितको मृत्यु, ५ जना भेन्टिलेटरमा

थप दुईजना कोभिड संक्रमितको मृत्यु, ५ जना भेन्टिलेटरमा


काठमाडौं -थप ५ सय ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  थप ५ सय ७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

त्यस्तै,  थप २ जना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा २६९ संक्रमित संक्रमणमुक्त भएका छन् । शुक्रबार ३४ जना संक्रमित आइसियूमा र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ५६ छ। केहि सातादेखि कोभिड संक्रमण बढ्दै जानुका साथै मृत्युका केसहरु पनि देखिएको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले पटक-पटक आग्रह गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ