२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७१० जनामा कोभिड पुष्टि, २ को मृत्यु

थप ७१० जनामा कोभिड पुष्टि, २ को मृत्यु


काठमाडौं -थप ७१० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  थप ७१० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

त्यस्तै,  थप २ जना संक्रमितको मृत्यु भएको छ ।सोही अवधिमा २१५ संक्रमित संक्रमणमुक्त भएका छन् । बिहिबार ३३ जना संक्रमित आइसियूमा र ३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ