२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगौतम वुद्ध अस्पतालका ३१ वर्षीय प्रबन्ध निर्देशक भुवन माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा

गौतम वुद्ध अस्पतालका ३१ वर्षीय प्रबन्ध निर्देशक भुवन माधव नेपालसँग निर्वाचन लड्ने तयारीमा


काठमाडौं—कोटेश्वरस्थित गौतम वुद्ध अस्पतालका प्रबन्ध निर्देशक भुवन श्रेष्ठले आगामी प्रतिनिधीसभा निर्वाचनमा काठमाडौं २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । काठमाडौं—२ पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र हो ।

नेपाल काठमाडौंबाहेक गृहजिल्ला रौतहटबाट पनि चुनाव लड्दैं आएका छन् । यसपटक उनी गृहजिल्ला छाडेर काठमाडौं—२ बाटै चुनाव लडेमा नेपालसँग श्रेष्ठको प्रतिस्पर्धा हुने निश्चित छ ।

३१ वर्षीय श्रेष्ठले कमर्समा स्नातक गरेका छन् । सर्लाही स्थायी घर भएका उनी हाल काठमाडौंमा बस्दैं आएका छन् । ‘बसोबास यही छ,’ उनले भने, ‘प्रतिनिधीसभा सदस्यमा जहाँबाट पनि लड्न पाइने भएकाले काठमाडौं २ रोजेको हुँ ।’ उनले समाज रुपान्तरणका लागि युवापुस्ताको भूमिका आवश्यक भएकाले आफूले उम्मेदवारी घोषणा गरेको उल्लेख गरे ।

श्रेष्ठसँग मेडिकल सेक्टर काम गरेको झण्डै १२ वर्षको अनुभव छ । उनले सर्वांग, मेगा, गणेशमान, करुणा र समिट हस्पिटलमा काम गरिसकेका छन् । श्रेष्ठ कोभिड—१९ का बेला फ्रन्टलाइनमा रहेर बिरामीको सेवामा सक्रिय रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ