२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले उपाध्यक्ष पौडेल भन्छन्, ‘स्वास्थ्यकर्मीका समस्या रहेसम्म गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिदैन्’

एमाले उपाध्यक्ष पौडेल भन्छन्, ‘स्वास्थ्यकर्मीका समस्या रहेसम्म गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिदैन्’

नेपाल नेशनल अस्पतालले निकट भविष्यमै एमआरआई सेवा सुरु गर्ने


काठमाडौं—नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्वास्थ्यकर्मीका समस्याहरुलाई क्रमिक रुपमा समाधान गर्दै लग्नुपर्ने बताएका छन् । शनिबार नेपाल नेशनल अस्पताल कलंकीको पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दैं पौडेलले स्वास्थ्यकर्मीका समस्याको चाङ रहेको बताए ।

‘ती समस्याका चाङहरुबाट एक—एक गर्दै समाधान गर्दै लैजानुपर्छ,’ उनले भने, ‘समस्यालाई समाधान गर्दै जाँदा स्वास्थ्य क्षेत्र मर्यादित र गुणस्तरीय बनाउन सहयोग पुग्छ ।’

स्वास्थ्य क्षेत्रलाई व्यापारभन्दा सेवाको रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो । स्वस्थ नागरिकबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै नेशनल अस्पताल सबैको पहुँच हुने अस्पताल बन्न सकोस भन्ने शुभकामना पनि उनले व्यक्त गरे ।

राज्यले नागरिकको आधारभूत स्वास्थ्य मौलिक अधिकारका रुपमा स्थापित गरेका कारण सरकारी स्वास्थ्य क्षेत्रसँगसँगै निजीलाई पनि लैजानुपर्ने उनले बताए । ‘सरकारले मात्रै सबै गर्न सकेको छैन । सेवा पाउने विषयमा निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्छ,’ उनले थपे, ‘सबै अस्पतालमा सबै नागरिकको समान पहुँच हुने वातावरण बनाउनुपर्छ ।’

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले नेशनल अस्पतालले चाडै नै एमआरआई पनि सुरु गर्न लागेको जानकारी दिए । उनले अबको १० वर्षमा नेपाल नेशनल अस्पताल आफ्नै भवनबाट सेवा दिने लक्ष्यमा काम भइरहेको पनि बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ