२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले सुत्केरीको कुन कुन जिल्लाबाट हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गर्छ ?

सरकारले सुत्केरीको कुन कुन जिल्लाबाट हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गर्छ ?


काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका सुत्केरी महिलाका लागि सरकारले ३४ जिल्लामा आशिंक र पूर्ण रुपमा निःशुल्क हवाई उद्दार गर्दै आएको छ । यस कार्यक्रमबाट दुर्गम क्षेत्रका धेरै सुत्केरी महिलाको अकालमै ज्यान जानबाट जोगिएको छ ।

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला भन्नाले लगातार लामो पश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको, गर्भमा नै बच्चाको मृत्यु भएको , गर्भवती अवस्थामा अत्यधिक शरिर सुन्निएको , सुत्केरी पश्चात अत्यधिक रक्तश्राब भएका भन्ने बुझिन्छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले पनि छिटपुट रुपमा अपठ्यारोमा परेका सुत्केरीको हेलिकोप्टमार्फत उद्दार गरे पनि नियमावली बनाएर जिल्ला छुट्टाएर उपचारको व्यबस्था भने गत वर्षदेखि सुरु गरेको हो ।

हेर्नुहोस ज्यान जोखिममा परेका सुत्केरी महिलाका लागि कुन जिल्लामा पूर्ण र कुनमा आंशिक रुपमा निशुल्क हवाई उद्दार हुन्छ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ