२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यक्यान्सर अन्य अंगमा फैलिँने कारणले ९० प्रतिशत बिरामीको मृत्यु : अध्ययन

क्यान्सर अन्य अंगमा फैलिँने कारणले ९० प्रतिशत बिरामीको मृत्यु : अध्ययन


विश्वमा मृत्युको दोस्रो प्रमुख कारण बनेको क्यान्सरको बारेमा अमेरिकी वैज्ञानिकहरूले नयाँ खोज गरेका छन । जसअनुसार क्यान्सर कोषिकाहरुले अन्य कोषिकाहरूको फ्याट र प्रोटिन पचाउने क्षमतालाई कमजोर पार्छ। यसले मिथाइल मालोनिक एसिड (एमएमए) को स्तर बढाउँछ, जसले मेटास्टेसिसको प्रक्रियालाई गति दिन्छ।

मेटास्टेसिस भनेको क्यान्सरलाई अन्य अंगहरूमा फैलाउनु हो। क्यान्सर रोगीहरु मध्ये ९० प्रतिशत  यो प्रक्रिया पछि ज्यान गुमाउने गरेको पाइएको छ। न्यूयोर्कको वेल कर्नेल मेडिकल इन्स्टिच्युटका वैज्ञानिकहरूले गरेको यो खोज नेचर मेटाबोलिज्म जर्नलमा प्रकाशित भएको छ।

यस अनुसारमेटास्टेटिक ट्युमरहरूले क्यान्सर रोगीहरूको प्रोपियोनेट मेटाबोलिज्ममा केही इन्जाइमहरूको गतिविधिलाई सीमित गर्दछ। प्रोपियोनेट मेटाबोलिज्म त्यो प्रक्रिया हो जसमा हाम्रो शरीरले बोसो र प्रोटिन पचाउँछ। जब इन्जाइमहरूले आफ्नो काम ठीकसँग गर्न सक्दैनन्, एमएमएको उत्पादन बढ्न थाल्छ। यो एसिडले क्यान्सर कोषिकाहरूलाई थप आक्रामक बनाउँछ।

मेटास्टेसिस सुरु भएपछि बिरामीलाई बचाउन गाह्रो

अध्ययनमा संलग्न डा जोन ब्लानिसका अनुसार एकपटक क्यान्सर भएको गाँठोबाट मेटास्टेसिसको प्रक्रिया सुरु भएपछि बिरामीलाई बचाउन गाह्रो हुन्छ । किनभने क्यान्सर ट्यूमरले मेटास्टेटिक ट्यूमर कसरी बनाउँछ भन्ने कुरा वैज्ञानिकहरु पनि अनविज्ञ छन् ।

नयाँ आविष्कारको लाभ

यसले अन्य कोषिकारुमा क्यान्सरको लम्पको मेटास्टेसिसको प्रक्रिया बुझ्न मद्दत गर्नेछ। नयाँ बाटो र उपचार खोज्न मद्दत गर्नेछ। यसले स्तन क्यान्सर सहित अन्य धेरै क्यान्सर कोषिकाहरु विश्लेषण गर्न मद्दत गर्नेछ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ