२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा समायोजनले निम्त्याएको सास्ती

स्वास्थ्यमा समायोजनले निम्त्याएको सास्ती


सरकारले कर्मचारी समायोजनको प्रक्रिया चलाएपछि  समायोजनमा भएको गुनासो बोकेर मंगलबार विभिन्न जिल्लाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रायलमा धाएका स्वास्थ्यकर्मी ।

समायोजनले १८ हजार कर्मचारीलाई बेहाल बनाएको छ, अधिकांश स्वास्थ्यकर्मी पत्र पाए पनि आफूहरुलाई पायक नपरेको गुनासो बोकेर मन्त्रालयमा पुगेका छन् ।

मन्त्रालयले समायोजनमा भएको गुनासो दर्ता गर्न केही दिनअघि मात्र सूचना जारी गरेको थियो । आगामी १७ गतेसम्म गुनासो दर्ता गर्न पाइने भएपछि मन्त्रालयमा गुनासो लिएर आउनेको संख्याका कारण मन्त्रालय दशैँको हाट बजार जस्तो भएको छ ।

समायोजनमा टाढा पुग्ने समस्या त एकातिर छदैंछ, अर्कोतिर समायोजनमा कतिपयको पद घटुवा भएर मन्त्रालय धाउनेको संख्या पनि उत्तिकै छ ।

समायोजनको पत्र लिएर तोकिएको गाउँपालिकाको सुविधासम्पन्न स्वास्थ्य संस्थामा जानका लागि चाँडो समायोजन पत्र हात पार्ने दौडधुप नै चलेको छ ।

सरकारले सबै सरकारी कार्यालयको काम अनलाइनमार्फत गर्ने योजना बनाएको छ ।                      तस्बिरहरुः हेल्थ आवाज


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ