२०८१ फागुन १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)

फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)


काठमाडौँ – नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसनको व्यवस्थापनमा पुरानो बानेश्वरमा संचालनमा आउन लागेको फ्रन्टलाइन अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

हालै संचालनमा आएको २ सय शैय्याको अस्पतालले मेडिकल अफिसर, कन्सलट्यान्ट, स्टाफ नर्स, रेडियो ग्राफर, हेल्थ असिसटेन्ट लगायतका रिक्त पदहरुका लागि स्वास्थ्यकर्मीको माग गरेको छ।

त्यस्तै, अस्पतालले मार्केटिङ अफिसर, आइटी अफिसर, स्टोर किपर र प्रशासनतर्फ समेत आवेदन दिन आह्वान गरेको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले छिटै आवश्यक कागजात बुझाउन अस्पतालले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ