काठमाडौं-नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो महाअधिवेसन चैत २५ देखि २७ गतेसम्म हुने भएको छ ।
संघको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी चैत्रको २५, २६ र २७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको संघका सचिव हिमालय तिवारीले जानकारी दिए ।
नेकपा एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराइको प्रमुख आतिथ्यतामा बसेको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीका जनसंगठन समन्वय विभागका प्रमुख तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र उपप्रमुख रचना खड्काको उपस्थिती रहेको थियो ।
नेकपा एमाले निकट संगठनमा तेस्रो अधिवेशनबाट भक्तिमान सुब्बा अध्यक्ष चुनिएका थिए । तर, पार्टी विभाजनसँगै उनी नेकपा समाजवादीमा लागेपछि उपाध्यक्ष रामबहादुर चन्दले कार्याबहाक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । चौथो अधिवेसनले नयाँ नेतृत्व छान्ने छ ।