२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने

गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने


काठमाडौं—गाँजालाई औषधीय प्रयोगका लागि कार्यविधी बनाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँडले गृहप्रशासन सुधार कार्ययोजना-२०७८ मा उक्त कुरा उल्लेख छ ।

सोमबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममाझ २ सय ६ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । उक्त कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधी तर्जुमा गर्ने कुरा उल्लेख छ । जसमा गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्रमा कार्यविधी तर्जुमा गरेर कार्यन्वयनमा ल्याइने उल्लेख छ ।

कार्यविधी बनेपछि त्यसले गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशीला तय हुने उपलब्धि हासिल हुने उक्त कार्ययोजनामा छ ।

नेपालमा प्रमुख राजनीतिक दलकै केही नेताहरुले गाँजा खुला गरिनुपर्ने बहस चलाइरहेका छन् । यसअघि प्रतिनिधीसभाको पनि यो विषयले गैरसकारी विधेयकका रुपमा प्रवेश पाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ