२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमायोजनमा चित्त नबुझेका स्वास्थ्यकर्मीको पुनः गुनासो लिन सुरु

समायोजनमा चित्त नबुझेका स्वास्थ्यकर्मीको पुनः गुनासो लिन सुरु


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भई पत्र समेत पाइसकेका विभिन्न पदका स्वास्थ्यकर्मीले समायोजनमा गुनासो भए कारण देखाई गुनासो गर्नका लागि पुनः सुचना जारी गरेको छ ।

मन्त्रालयले बिहिबार सुचना जारी गर्दै आगामी १७ गतेसम्म त्यस्तो सुचना लिइने जनाएको छ । बिशेष गरी पदनाम फरक पर्न गएको बिशेष कारणवश समायोजनमा अति नै समस्या भएकाहरुको लागि सुनुवाई गर्ने गरी पुनः गुनासो संकलन गरिएको मन्त्रालयका प्रवक्ता समेत रहेका गुनासो व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

गुनासो दर्ता गर्दा आफुसँग भएको प्रमाण, आधार र कारणसहित पेश गर्नुपर्ने मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ