२०८१ पुस २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमको ४ वर्ष : स्वास्थ्य क्षेत्रमा मात्रै एक कानुन निर्माण

सुदूरपश्चिमको ४ वर्ष : स्वास्थ्य क्षेत्रमा मात्रै एक कानुन निर्माण


धनगढी – सुदूरपश्चिम प्रदेश सभा सचिवालयले माघ ७ गते प्रदेश सभा दिवस मनाउने क्रममा छ । सुदूरपश्चिम प्रदेश सरकार स्थापना भएको४ वर्ष पुरा भएको छ । ४ वर्षको अवधिमा प्रदेश सभाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा एक कानुन मात्रै निर्माण गरेको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको विवरणमा प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक०७६/०७७ मा दर्ता भई प्रदेश सभाको छेटौं अधिवेशनबाट पारित गरिएको थियो ।

त्यस्तै, प्रदेश सभाका संसदीय समितिहरुले प्रदेश सरकारलाई केहि निर्देशन मात्रै दिएको प्रदेश सभा सचिवालयले जनाएको छ । विषयगत समितिमध्ये विधायन तथा प्रदेश मामिला समितिबाट कोभिड–१९ नियन्त्रण र रोकथामका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

सार्वजनिक लेखा समितिले कोभिड महाारीको समयमा संक्रमण नियन्त्रण तथा रोकथामको लागि आवश्यक प्रवन्ध मिलाउन तथा स्वास्थ्य सामाग्री खरिदमा पारदर्शिता कायम गर्न निर्देशन दिएको र क्वारेन्टाइन ,ब्लड बैंक अस्पतालहरुमा भेन्टिलेटरहरुको संख्या वृद्धि गर्न निर्देशन दिइएको सचिवालयले जनाएको छ ।

सामाजिक विकास समितिबाट प्रदेशमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विशेषज्ञ डाक्टरको पदपुर्ति, बिरामिलाई सुलभ औषधि उपचार, आईसियु, ब्लड बैंक, प्रसुति सेवा, बर्थिङ सेन्टरसँग सम्बन्धित विषयमा प्रदेश सरकार निर्देशन दिएको सचिवालयले जनाएको छ ।

त्यस्तै, सामाजिक विकास समितिबाट लामखुट्टेबाट लाग्ने डेङगु रोगको प्रकोपकाट बच्न प्रभावकारी उपचार र जनचेतनामुलक कार्यक्रम गर्न निर्देशन दिएको र कोभिड महामारीको समयमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक जिल्ला अस्पताल , स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्य उपकरणका साथै आइसोलेसन बेडहरु थप गर्न र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीसहित तत्काल उपलब्ध गराउन निर्देशन दिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ