२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित)

स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित)


काठमाडौ–स्वास्थ्य सेवा विभागले कर्मचारीले स्तरवृद्धि लागि आवश्यक विवरणसहितको नयाँ नमुना फारम सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरेको नमुना फारममा स्वास्थ्य सेवामा नियुक्ति भएदेखी हालसम्मका कार्यालयको नाम, दुर्गम क्षेत्रमा खटेको भए त्यसको विवरण माग गरिएको छ ।

नियुक्ति/सरुवा/बढुवा वा तह मिलान भएको भए त्यसको विवरण उल्लेख गर्ने भनिएको छ । त्यसको निर्णय वा सिफारिसको मिति उल्लेख गर्न भनिएको छ । कर्मचारीले स्तरवृद्धि भर्दा कार्यालयमा हाजिर भएको मिति, हासिल गरेको उच्चतम शैक्षिक योग्यता, गयल कट्टी गरिएको विवरण पनि उल्लेख गर्न भनेको छ ।

फारममा यदि तलब, बढुवा रोक्का भएको छ भने रोक्का भएको मिति पनि उल्लेख गर्नुपर्नेछ । साथै अध्ययन विधा छ भने सो खुलाउने र कार्यालयमा अनुपस्थिती छ भने त्यो पनि उल्लेख गरी भर्न भनिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बढुवा, #स्वास्थ्य सेवा विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ