काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीहरुले तीन दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । २५ पुसमा स्वास्थ्य मन्त्रालयले एक परिपत्र जारी गर्दै मातहतका कर्मचारीलाई तीन दिनभित्र सम्पत्ति विवरण बुझाउन भनेको छ ।
मन्त्रालयले मातहतका विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्हरुमा कार्यरत निजामती कर्मचारी बाहेकका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन भनेको छ ।
‘यस मन्त्रालयअन्तर्गत विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्हरुमा कार्यरत रहेका कर्मचारीहरु निजामती बाहेकका अस्थायी/स्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आ.ब. २०७७/०७८ को सम्पत्ति विवरण बुझाएको सम्बन्धि तपशिलको ढाँचामा ३ (तीन) दिनभित्र अनिवार्य रुपमा यस मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ मन्त्रालयले भनेको छ ।