२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने

४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने


काठमाडौं—सरकारले ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई कोभिड—१९ विरुद्धको मोर्डनाको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालकाअनुसार ४ पुसदेखि ५० जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ ।

‘४ पुसदेखि देशका ५० जिल्लाका सबै स्कुलबाट १२ वर्षदेखि १८ वर्षसम्मका लाई कोभिड—१९ विरुद्धको मोर्डनाको खोप दिइनेछ,’ दाहालले हेल्थआवाजसँग भने । उनकाअनुसार यसअघि फाइजर खोप दिइएका २४ अस्पताल रहेका जिल्ला र सिन्धुली बाहेकका ५७ जिल्लाका विद्यालयमा खोप केन्द्र राखेर मोर्डना खोप दिइनेछ ।

उनकाअनुसार बिहीबार कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार ६ सय डोज कोभिड—१९ विरुद्धको मोर्डना खोप नेपाल आइपुगेको छ । गत शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो।

यसैगरी २८ जिल्लाका १६ हजार खोप केन्द्रहरुबाट कोभिड खोप अभियान नियमित सुरु भैसकेको पनि दाहालले जानकारी दिए । ‘मन्त्री ज्यूको निर्देशनअनुसार २८ जिल्लाबाट खोप केन्द्र राखेर दैनिकरुपमा खोप अभियान संचालन भैसकेको छ,’उनले भने,’ यसरी खोप केन्द्र राखेर सुरु गर्नाले खोप लगाउने गति क्रमिकरुपमा बढ्दै गएको छ । बुधबार २ लाख ८० हजार खोप लगाएकोमा बिहिबार बढेर ३ लाख ३६ हजार पुगेको छ ।’

यस्तै, आइतबार मोर्डनाकै १९ लाख ६६ हजार डोज नेपाल आउदैछ ।

यी जिल्लाबाट खोप दिइने :

इलाम
पाँचथर
ताप्लेजुङ
भोजपुर
धनकुटा
तेह्रथुम
संखुवासभा
सिराहा खोटाङ
ओखलढुङ्गा
सोलुखुम्बु
महोत्तरी
सर्लाही
रामेछाप
दोलखा
बारा
रौतहट
धादिङ
नुवाकोट
रसुवा
सिन्धुपलाञ्चोक
मकवानपुर
गोर्खा
लमजुङ्
स्याङ्जा
तनहुँ
मनाङ
कपिलवस्तु
नवलपरासी
अर्घाखाँची
गुल्मी
पाल्पा
म्याग्दी
पर्वत
मुस्ताङ
प्युठान
रोल्पा
रुकुम
सल्यान
बर्दिया
दैलेख
जाजरकोट
डोल्पा
हुम्ला
जुम्ला
कालीकोट
मुगु
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
वैतडी
हिमाल
दार्चुला

यसअघि फाइजर खोप दिइएका जिल्लाहरु :-


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ