काठमाडौँ – थप २८० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, देशभर ३६६ जना कोरोना संक्रमित निको भएका छन्। भने २ जनाको मृत्यु भएको छ।
बुधबार ६ हजार २३९ वटा केस सक्रिय छन् । यस्तै, देशभर २ लाख ८३ हजार १३२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।