२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटिटानसको खोप दिनुपर्नेमा कोभिड खोप दिएपछि दुई शिशु अस्पताल भर्ना, नर्स जागिरबाट निष्कासित

टिटानसको खोप दिनुपर्नेमा कोभिड खोप दिएपछि दुई शिशु अस्पताल भर्ना, नर्स जागिरबाट निष्कासित


काठमाडौँ – ब्राजिलमा झुक्किएर दुई नवजात शिशुलाई कोभिड-१९को खोप लगाएको घटना बाहिरिएको छ । खोप लगाएपछि दुवै शिशुको स्वास्थ्य अवस्था बिग्रिएर ती शिशुलाई अस्पताल भर्ना गरिएको छ ।

२ महिनाकी र ४ महिनाको शिशुलाई डिप्थेरिया, टिटानस, खोकी र हेपाटाइटिस बी विरुद्धको खोप लगाउन पर्नेमा एक नर्सले फाइजरको खोप लगाइ दिएकी थिइन। दुबै बच्चाहरूलाई फाइजर भ्याक्सिनको गम्भीर रियाक्सन देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।

ती शिशुलाई कोरोनाको खोप दिने नर्सलाई जागिरबाट निष्कासित गरिएको छ । यसका साथै प्रशासनिक छानबिनका लागि पनि निर्देशन दिइएको छ । फाइजर खोप धेरै देशहरूमा ५ वर्ष मुनिका बालबालिकाका लागि स्वीकृत गरिएको छ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ