गृहपृष्ठ ∕ समाचार ∕ रोग प्रतिरोधात्मक क्षमता र स्मरण शक्ति बढाउने यी दुई योगासन रोग प्रतिरोधात्मक क्षमता र स्मरण शक्ति बढाउने यी दुई योगासन हेल्थ आवाज शनिबार, २०७८ मंसीर ११ गते, ०५:३० मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य… गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ मुटु रोगका १२ प्रमुख लक्षणहरू माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ मुटु रोगका १२ प्रमुख लक्षणहरू माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब